मिडिया विधेयकमा संशोधन दर्ता

काठमाडौँ: पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा प्रचलित कानुनबमोजिमको कारबाही र जरिवानाको व्यवस्था खारेज गरी विधेयक परिमार्जन गर्न प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गरेको छ ।
काँग्रेसका राष्ट्रिय सभा दलका नेता सुरेन्द्र पाण्डे तथा राधेश्याम अधिकारीसहितका सांसदहरूले संशोधन दर्ता गर्नुभएको हो । विधेयकको प्रस्तावना, साङ्गठनिक संरचना, पदाधिकारी सिफारिसको व्यवस्था, जरिवानाको व्यवस्थालगायत २६ बुँदे संशोधन विपक्षी दलले दर्ता गरेको छ ।
सत्तारूढ दलसमेतले विधेयकमा साझा प्रस्तावको गृहकार्य गरे पनि काँग्रेसले फरक संशोधन दर्ता गरेको हो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भने सोमबार मात्र संशोधन दर्ताको तयारी गरेको छ । संशोधन दर्ताको समय पनि सोमबार मध्याह्नसम्म तोकिएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।