“धम्मपद” मा “मन तथा चित्तको” बारेमा तथागत बुद्धले के भन्नुभएको छ ? – Janata Live
  • Tuesday, March 28, 2023

“धम्मपद” मा “मन तथा चित्तको” बारेमा तथागत बुद्धले के भन्नुभएको छ ?

  • जनता लाइभ
  • भदौ १५, २०७६

“धम्मपद” मा “मन तथा चित्तको” बारेमा तथागत बुद्धले के भन्नुभएको छ ?

धम्मपद ।

“धम्मपद” मा तथागत बुद्धले “मन=चित्त” का बारेमा के भन्नुभएको छ ?

तथागत बुद्धको केही बचनको संकलन हो धम्मपद । धम्मपदमा चार सय तेईस (४२३) गाथालाई छब्बिस (२६) बर्गमा संकलन गरिएको छ ।

धम्मपदको पहिलो गाथामा मन-चित्तको बिसयमा भनिएको छ कि सम्पुर्ण कार्यको प्रारम्भ मनबाट हुन्छ ।

“मनोपुब्बङ्गमा धम्मा”- मन सबै प्रवृत्तिको अगुवा हो ।

“मनोसेट्ठा मनोमया”- मन श्रेष्ठ छ, मन सबै प्रवृत्तिको प्रधान हो, ती सबै मनबाटै उत्पन्न हुन्छ । असल खराब सबै मनैबाट हुन्छ ।

चित्त, चैत्त, मन, मनस आदि यस्ता शब्द छ । जुन बौद्ध वाङमयमा धेरै प्रयोग भएको छ, यसमा थोरै तार्किक भेद हुदाहुदै पनि यी एउटै अर्थलाई अभिप्रेरित गर्दछ ।

चेतना – Consciousness र मन -Mind आदि आधुनिक बिज्ञानमा प्रयुक्त शब्द बौद्ध दर्शनका चित्त शब्दको अर्थ अन्तर्गत आउँदछ ।

तथागतले चित्तको चञ्चल प्रकृति, त्यसको स्थिरता, चित्तको सरलता या ऋजुताका आवस्यकताको बारेमा अनेकौं पटक देशना दिनुभएको छ । बुद्धले सत्य प्राप्तिमा चित्तको महत्व, चित्तलाई संस्कारित गर्नु, सत्मार्गमा लागेको चित्तलाई रक्षा गर्नु आदिमा जोड दिनुभएको छ ।

बुद्धले भन्नुभएको छ:-

“मनसा चे पसन्नेन, भासती वा करोती वा,

ततो नं सुखमन्वेती छाया व अनपायिनी ।।”

यदी कोहि प्रसन्न ( पबित्र ) मनले कुनै बचन बोल्छ या काम गर्दछ, तब सुख उसको अनुसरण त्यस्तै प्रकारले गर्दछ, जसरी कि छाँयाले कहिले साथ छोडदैन ।

बुद्धले पुनः भन्नुभयो:-

“मनसा चे पदुट्ठेन, भासति वा करोती वा ।

ततो नं दुक्खमन्वेती चक्कं व वहतो पदं ।।

यदी कसैले दुषित मनले वचन बोल्छ या पापकर्म गर्दछ तब दु:ख उसको अनुसरण त्यसरी नै गर्छ जसरी कि चक्का (पहिया) गाडी तान्नेवाला बैलको खुट्टाको (अनुसरण गर्दछ) ।

नाम – रुप – Mind and Matter को सयुक्त अभिव्यक्ति नै हाम्रो शरीर हो । त्यसैले तथागतले चित्तलाई वशमा गरेर शिलमा प्रतिष्ठित हुनका लागी विपस्यना विद्या सिकाउनु भएको छ ।आफ्नो मनलाई जित्नेवालाले सम्पुर्ण संसारलाई जित्छ । -२०१८/९/१,-८:३१am .

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...