पदाधिकारी पर्खंदै नयाँ गाडी : पदाधिकारीको अत्तोपत्तो छैन, गाडी पहिल्यै खरिद

काठमाडौं । चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरूका लागि भनेर किनिएका आठवटा गाडी डेढ महिनादेखि थन्किएका छन् । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा थन्क्याइएका ती गाडी नबिग्रियोस् भनेर दुईजना चालकले हरेक बिहान स्टार्टसम्म गर्ने गरेका छन् ।
कर्मचारीका लागि १५ सिटे माइक्रोबस पनि किनिएको छ तर त्यहाँ खटाइएका चालकसँग कार मात्र चलाउन सक्ने अनुभव भएकाले माइक्रोबस चलाउन आँट नगर्दा राष्ट्रिय परीक्षा बोर्डले आफ्ना कर्मचारीलाई ओसार्ने गरेको बसबाट नै आयोगका कर्मचारी पनि यात्रा गर्ने गरेका छन् ।
आयोगका सदस्यसचिव चन्द्रकान्त भुसालले भन्नुभयो, “पदाधिकारीहरू आउनासाथै गाडी चाहिन्छ भनेर पहिले नै किनेर व्यवस्थापन गरेका हौँ । गाडी प्रयोगमा आउन नसक्दा बिग्रनसक्ने भएकाले हरेक दिन एकछिन स्टार्ट गर्ने गरेका छौँ ।”
गत आर्थिक वर्षबाट करारमा दुई जना चालक राखिएको छ । एक जनाले सदस्य सचिवको गाडी चलाउँछन् भने अर्का चालकलाई थन्क्याइएका ती गाडी दैनिक स्टार्ट गरेर बन्द गर्ने जिम्मेवारी दिइएको छ ।
आयोगका उपाध्यक्षका लागि सबैभन्दा महँगो गाडी किनिएको छ । स्पोर्टेज गाडी करिब एक करोड रुपियाँ पर्दछ । सबै गाडी खरिद गर्दा करिब पाँच करोड रुपियाँ खर्च भएको आयोगका कर्मचारीहरू बताउँछन् । गाडी गत असारको अन्तिम सातामा खरिद गरिएका हुन् ।
एउटा गाडी उपाध्यक्षका लागि, चारवटा गाडी चार जना निर्देशकका लागि, एउटा गाडी सदस्य सचिवका लागि किनिएको हो भने एउटा गाडी अतिरिक्त र एउटा माइक्रोबस कर्मचारीका लागि किनिएको छ । सदस्य सचिवका लागि किनिएको गाडी मात्र हाल प्रयोगमा आइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...