दैलेखमा मगाइएकै थिएन गाई – Janata Live
  • Sunday, April 2, 2023

दैलेखमा मगाइएकै थिएन गाई

  • जनता लाइभ
  • भदौ १५, २०७६

दैलेखमा मगाइएकै थिएन गाई

सुर्खेत। सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो। प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो।

ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन्। नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गरे। मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन्।

दैलेखमा कसैले पनि गाईगोरु नमगाएको भनेपछि घटना थप रहस्यमय बनेको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...