धेरै मोटाएका सैनिकको रोकियो बढुवा, शान्ति मिसनबाट समेत बञ्चित

काठमाडौं । बढुवा र शान्ति मिसनको अर्थ नेपाली सेनाका लागि निकै महत्वपूर्ण हुन्छ । यसका लागि सेनामा जागिर खाएकाहरुले ठूलो मेहनत समेत गर्छन् ।
तर, असन्तुलित शरीरका कारण नेपाली सेनाका अधिकृतहरुको बढुवा मात्र रोकिएको छैन, मिसनबाट समेत बञ्चित हुनु परेको छ । शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ ।
बिएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको सैनिक स्रोतले जानकारी दिएको छ । उनीहरू प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनबाट रोकिएको सैनिक स्रोतले जनाएको छ ।
त्यस्तै चार जना सैनिक अधिकृतहरू शान्ति सेना जानबाट बञ्चित भएका छन् । उनीहरूमध्ये दुई जना युएन स्टाफ र दुई जना पर्यवेक्षकका रूपमा जान लागेका थिए ।
नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि बिएमआई अनिवार्य गरिएको सेनाले जनाएको छ । सैनिक जवानदेखि रथीसम्मका उच्च अधिकारीहरूका लागि यो नियम लागू गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
बिएमआई अनुसार फिट रहनका लागि सैनिकको उचाइलाई मिटरमा गणना गरिएको हुन्छ भने शरीरको तौललाई मिटर स्क्वायरले भाग गर्दा १८.५ देखि २४.९ आउनुपर्छ । यो भन्दा कम आएमा पातलो र बढी आएमा मोटो हुने भनिएको छ । बिएमआई अनिवार्य गरेपछि खानपिन र शारीरिक व्यायाम, अनुशासन कायम हुने सेनाको विश्वास छ ।
‘बडी बिल्डर्स’ पुरुष सैनिक र विवाहित तथा बच्चा जन्माइसकेका महिला सैनिकको हकमा भने यो प्रावधान केही फरक रहेको छ । यस्ता सैनिकको हकमा उनीहरूको हिप र कम्मरको गोलाई बीचमा सन्तुलन रहनुपर्ने प्रावधान रहेको छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनका लागि बिएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...