भदौ १६ गते सार्वजनिक बिदा – Janata Live
  • Monday, March 20, 2023

भदौ १६ गते सार्वजनिक बिदा

  • जनता लाइभ
  • भदौ १४, २०७६

भदौ १६ गते सार्वजनिक बिदा

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ। यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।