मिश्री खानुको फाइदा यस्ता छन्, पेट देखि हातखुट्टा पोल्ने समस्यासम्म निको पार्छ – Janata Live
  • Saturday, April 1, 2023

मिश्री खानुको फाइदा यस्ता छन्, पेट देखि हातखुट्टा पोल्ने समस्यासम्म निको पार्छ

  • जनता लाइभ
  • भदौ १४, २०७६

मिश्री खानुको फाइदा यस्ता छन्, पेट देखि हातखुट्टा पोल्ने समस्यासम्म निको पार्छ

काठमाडौँ– उखुबाट रस निकालेर बनाएको ठोस पदार्थलाई मिश्री भनिन्छ । यो प्राय कालो र सेतो २ प्रकारको हुन्छ । यसलाई मानिसहरुले स्वादको लागी मात्र नभएर विभिन्न रोगको उपचारको लागी पनि खाने गर्दछन्। यही औषधीय गुण भएको मिश्री खानुको फाइदाहरु बताउदै छौँ ।

हेर्नुस्,

-यदि गर्मीमा मिश्रीको धुलोमा धनिँया र सुपको धुलो मिसाएर खाएमा पेट तथा हातखुट्टा पोल्ने समस्या निको हुन्छ ।

-मिश्रीको धुलो र मरिचको धुलो मनतातो पानीमा फिटेर खाएमा दम र घाँटी दुखेको पनि विस्तारै ठिक हुन्छ ।

-यदि घरमा कालो तिलको धुलो , घोडताप्रे,मरिचको धुलो, सूठो धूलो ,पिप्ला र फुराएको हिङसँग मिश्रीको धुलो मिसाएर पानीमा पकाएर दैनिक खादा कम्मर दुख्ने समस्या पनि समाधान हुन्छ ।

-पित्तको ज्वरो आएमा पनि एक चम्चा सुप र मिश्री पानीमा उमालेर पिउनुस् ठिक हुन्छ ।

-त्यस्तै दतिउनको पातमा मिश्रीको धुलो मिसाएर पानी पकाएर खानुस् शरिर सुनिएको पनि विस्तारै ठिक हुन्छ ।

Loading...
Loading...
Loading...