युवालाई कुटपिट गर्ने दुई प्रहरी विभागीय कारबाहीमा

जनकपुर । नरिवल बेच्ने एक युवालाई कुटपिट गर्ने प्रहरी जवान र कुटपिटको भिडियो खिच्ने युवा अभियन्तामाथि दुव्र्यवहार गर्ने असई विभागीय कारबाहीमा परेका छन् ।
ड्युटीमा रहेका बेला आचरणविपरित काम गरेको भन्दै असई विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादव कारबाहीमा परेका हुन् ।
प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार कानुन विपरित कार्य गरेको हुनाले असई र प्रहरी जवानविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरी जवान प्रेमशंकरले पैसा मागेको र दिन नमानेपछि नरिवल बेच्ने किशोर चौधरीलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।
तर, प्रहरी नायव उपरीक्षक कार्कीले प्रेमशंकरले पैसा नमागेका बताएका छन् । त्यस्तै, भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई प्रहरी चौकीभीत्र बोलाएर दुव्र्यवहार गर्ने असईलाइ समेत विभागीय कारबाही हुने कार्कीले बताए ।
समाचार राजधानी दैनिकमा छ ।