हुन्डी रोक्न विदेश जाँदा बैङ्क खाता अनिवार्य

काठमाडौं । सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ ।
अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्किङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजागर विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैङ्किङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैङ्क खाता खोल्नुपर्ने नियम बनाइएको बताए । विभागका अनुसार भदौ १६ देखि यो नियम लागू हुनेछ ।
यो समाचार नागरिक दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...