५० एसपीको सरुवा, नौ जिल्लाका प्रहरी प्रमुख फेरिए – Janata Live
  • Saturday, April 1, 2023

५० एसपीको सरुवा, नौ जिल्लाका प्रहरी प्रमुख फेरिए

  • जनता लाइभ
  • भदौ १४, २०७६

५० एसपीको सरुवा, नौ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना एसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार रुपन्देहीमा एसपी हेमकुमार थापा तथा दाङमा जनक भट्टराईको सरुवा भएको छ ।

बागलुङको प्रहरी प्रमुखमा नवराज भट्टलाई पठाइएको छ । बागलुङका एसपी कृष्णहरी शर्मा फेरि अवधि नपुगी सरुवामा परेका छन् । यसअघि दाङबाट पनि उनको ६ महिनामा नै सरुवा भएको थियो । सप्तरीमा कृष्ण प्रसाईलाई पठाइएको छ ।

सिन्धुपाल्चोकमा प्रज्वल महर्जन, बारामा विकासराज खनाल, डोटीमा दिलिपसिंह देउजा, सुर्खेतमा दिल्लीराज पन्त, गुल्मीमा राजेन्द्रसिंह खड्काको सरुवा भएको छ ।

यसअघि नै पाल्पाका काज सरुवा भएका दिपेन्द्र जिसी, कपिलवस्तुमा सरुवा भएका दीपशमशेर राणा, नुवाकोटका अभिनारायण काफ्ले, गोरखाका ओम अधिकारीको त्यही दरबन्दी कायम भएको छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...