बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपको २०७४ सालमा गरुडको टुडाँल हरायो । यसको कुनै खोजीकार्य हुन सकेन । त्यसपछि अहिले नक्कली टुडाँल हालिएको छ । गत वैशाख महिनामा फेरी बौद्धको अजिमा थानमा रहेको तिलौरी हराएको छ । यसको पनि अहिले सम्म कसरी र कस्ले लग्यो भन्ने तथ्य खुल्न सकेको छैन । बौद्धमा रहेको अजिमा थानको जिर्णौद्धारको कार्य २०५० साल फागुन ३ गते निर्माण कार्य सम्पन्न भएको सोही ठाउँमा उल्लेख छ ।
बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार उक्त अजिमा थान बौद्ध मेलम्ची घ्याङ गुठीको मातहतमा सञ्चालन छ । उक्त ठाउँमा धेरै पुजाहरु हुने गर्दछ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चद्रमान लामाले मेलम्ची घ्याङ गुठीले संरक्षण गर्न नसक्दा पुरातात्विक र बहुमुल्य वस्तुहरु हराउदै गएको बताउँछन । ‘घ्याङ गुठीले अधिकार जमाएकोले हामीले केही गरेका छैनौँ । सबै अधिकार उनीहरुमा छ,’ उनले भने,‘गुठीले संरक्षण नगर्दा पाचँ महिना अघि बहुमुल्य तिलौरी हराएको छ । तीन वर्ष पहिले टुडाँल पनि हराएको थियो । यस्ता पुरातात्विक र बहुमुल्य सामानहरु हराउनु दुखद कुरा हो । गुठीले संरक्षण गर्न सकेको छैन ।’ उनका अनुसार बौद्ध धर्मलम्बीहरुले तिलौरीलाई कुल भगवानको रुपमा पुज्ने र चढाउँने गर्छन । तर, अहिले चढाउने तिलौरी नै छैन ।
घ्याङ गुठीले समितिलाई जिम्मेवारी दिएमा बौद्धमा रहेको सबै ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने लामाले बताए । ‘घ्याङ गुठीले व्यवस्थित ढंगले बौद्धका ऐतिहासिक सम्पदाहरुको संरक्षण गरेको छैन,’ उनले भने,‘अजिमा थानको जिम्मेवारी हामीलाई दिएमा उचित व्यवस्थापन गर्ने थियौँ । संरक्षण गर्ने निकायले यसरी चासो लिएन भने अरु बहुमुल्य सामाग्रीहरु पनि हराउँछन भन्ने चिन्ता हामीलाई लागेको छ । यसलाई हामी गम्भिर रुपमा लिएका छौँ ।’ उनका अनुसार बौद्ध स्तुपमा आन्तरिक तथा बाह्य पयर्टक घुम्न आउँछन । यसरी ऐतिहासिक सम्पदाको मुर्ती, तिलौरी जस्ता पुरातात्विक वस्तुहरु हराउनु राम्रो हुदैँ होईन ।
बौद्ध स्तुप काठमाडौं महानगरपालिका वडा ६ अन्तर्गत पदर्छ । काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले तिलौरीको खोजीकार्य जारी राखेको बताउँछन । उनका अनुसार बौद्ध स्तुपको सुन पनि हराएको थियो । तर, खोजीकार्य गरी चोरी गर्ने व्यक्ति पत्ता लगाईएको छ । ‘हराएको अजिमा, तिलौरीको खोजी कार्य गर्दे आएका छौँ,’ उनले भने,‘सिसी टिभी भएपनि पुरै कभर गर्न नसकेकाले होला फुटेजमा देखिएको छैन । सुन पनि हराएको थियो । हामीले पत्ता लगाएरपनि सुन पाईसकेका छौँ । अहिले नै चोर्ने व्यक्तिको नाम सार्वजनिक गर्न मिल्दैन । सार्वजनिक गरी उनीहरुलाई कारबाही गरिने छ ।’
ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दे आएको मेलम्ची घ्याङ गुठीका लामा साङगे दोर्जेको भनाई छ । ‘हामीले संरक्षणमा जुटिरहेका छौँ । सेकुरिटी र्फोस परिचालन गरेका छौँ,’उनले भने,‘तिलौरी भने कसरी चोरी भयो पत्तै भएन । चोरले चोर्ने सोच बनाएपछि जसरी नि चोर्दा रहेछन ।’
पटक पटक आगलागी
बौद्ध स्तुपमा पटक पटक आगलागी हुने गरेको छ । गत विहिबार पनि बौद्धस्तुप भित्रको छयोईमे घर९बत्ती बाल्ने घर० मा आगोलागी भएको थियो । अहिले उक्त घर बौद्ध तामाङ कल्याण गुठीद्धारा सञ्चालित छ । आगलागीबाट केही भौतिक समानहरु नष्ट भएका छन । आगोलागी भएपछि उक्त घरको जस्ता र स्तुपको वाल कालो भएको छ । बौद्धका स्थानीय च्याङबा तामाङका अनुसार प्रहरी र स्थानीयको सहयोगबाट आधा घण्टापछि आगोलाई नियान्त्रणमा लिइएकोे थियो । ‘आगोलागी भएपनि केही मानवीय क्षति भएन,’ उनले भने,‘विश्व सम्पदामा सुचिकृत सम्पदामाथि यसरी आगो लाग्नु राम्रो होईन । पहिले यहाँको गुम्बामा पनि आगो लागेको थियो ।’
काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले व्यवस्थित ढंगले सञ्चालन गर्न सचेतना गराएको बताए । ‘छयोईमे घरमा अहिले मात्र नभई पहिले पनि पटक पटक आगोलागी भएको छ,’उनले भने,‘विश्व सम्पदामा यसरी पटक पटक आगो लाग्नु राम्रो हुदैन । तिर्थालु आउने गरेकाले बत्ति बाल्ने ठाउँ चाँहिन्छ । यसलाई व्यवस्थित गर्न जानकारी दिएको छु ।’ उक्त घर सार्नलाई ठाउँ नभएकाले यसको अन्य विकल्प खोज्दै आएको उनले बताए ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...