बहुविवाह गर्नेलाई सरकारी सेवामा प्रवेश निषेध – Janata Live
  • Wednesday, March 22, 2023

बहुविवाह गर्नेलाई सरकारी सेवामा प्रवेश निषेध

  • जनता लाइभ
  • भदौ १३, २०७६

बहुविवाह गर्नेलाई सरकारी सेवामा प्रवेश निषेध

काठमाडौं । बहुविवाह गर्ने व्यक्तिलाई सरकारी सेवामा प्रवेश गर्न नपाइने कानुन बन्ने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ ।

यसका साथै अबदेखि अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्तिसमेत निजामती सेवामा अयोग्य हुने भएका छन् ।

महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सन्जीव रेग्मीका अनुसार ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था थिएन ।

नयाँ व्यवस्थाअनुसार बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरणसमेत नपाउने व्यवस्था गरिने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Loading...
Loading...
Loading...