‘कश्मिरमा भारतीय सुरक्षाकर्मीको ज्यादति’ – Janata Live
  • Saturday, April 1, 2023

‘कश्मिरमा भारतीय सुरक्षाकर्मीको ज्यादति’

  • जनता लाइभ
  • भदौ १३, २०७६

‘कश्मिरमा भारतीय सुरक्षाकर्मीको ज्यादति’

काठमाडौं । जम्मु कश्मिरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मिरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ ।

भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट गरेको र करेन्ट समेत लगाएर याताना दिएको पीडितहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको समाचारमा जनाइएको छ । रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको बीबीसीले उल्लेख गरेको छ ।

केन्द्र सरकारले जम्मू कश्मिरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ । मुसलमान समुदायको बाहुल्यता रहेको जम्मू कश्मिरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । एजेन्सी

Loading...
Loading...
Loading...