सरकारका प्रवक्ताले संसदमा ढाँटे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे।
कन्फ्रेन्स अवधिभर कार्यबाहक प्रधानमन्त्रीलाई के गर्ने भन्ने निर्णय गरिने उनको भनाई छ।
मन्त्री बाँस्कोटाले दिल्ली, वाशिंटन, बेइजिङ जहाँबाट पनि भिडियो कन्फ्रेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउन उचित नहुने जिकिर गरे। मन्त्री बाँस्कोटाले अमेरिकी राष्ट्रपति र नेपालको प्रधानमन्त्रीबीच समेत भिडियो कन्फ्रेन्स हुने स्पष्ट पारे।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।