वीर अस्पतालमा सेवा शुल्क बढाइँदै – Janata Live
  • Saturday, April 1, 2023

वीर अस्पतालमा सेवा शुल्क बढाइँदै

  • जनता लाइभ
  • भदौ १३, २०७६

वीर अस्पतालमा सेवा शुल्क बढाइँदै

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी गरेको छ । यो सँगै बिरामी मारमा पर्ने भएका छन् ।

अस्पतालले प्रवाह गर्ने सेवामा समयानुकुल शुल्क समायोजन गर्ने तयारी थालिएको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले बताउनुभयो । उहाँका अनुसार, विगत पाँच वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । त्यसकारण समयसापेक्ष सेवा शुल्क बढाउनुपर्ने तयारी थालिएको हो ।

सेन्चुरीले कर्मचारीको तलब वृद्धि भएको भन्दै सेवा विस्तार सँगै शुल्क बढाउन लागिएको बताउनुभयो । स्रोतका अनुसार नाम दर्ता बाहेक आइसीयू, ल्याब टेस्ट, एक्सरे, इको, फिजियोथेरापीलगायतमा मूल्य बढाउने अस्पतालको तयारी छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...