यातायातमन्त्रीकै गाडीमा ट्राफिकले गरे ‘ह्वील लक’ – Janata Live
  • Tuesday, March 28, 2023

यातायातमन्त्रीकै गाडीमा ट्राफिकले गरे ‘ह्वील लक’

  • जनता लाइभ
  • भदौ १२, २०७६

यातायातमन्त्रीकै गाडीमा ट्राफिकले गरे ‘ह्वील लक’

काठमाडौं । सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा पार्किङ गरेको भन्दै सर्वसाधारण आक्रोशित देखिन्छन् भने कारबाही गर्ने ट्राफिक प्रहरीलाई सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिइरहेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो । पार्किङ निषेधित फुटपाथमा रोकिराखेको मन्त्री चढ्ने गाडीमा प्रहरीले सुरुमा ह्वील लक लगाएको थियो ।

पछि गाडी चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिमाना गराएर गाडीलाई छाडिएको थियो । ‘पार्किङ निषेधित गरिएको ठाउँमा अनधिकृत पार्किङ गरिएको पाइएपछि कारबाही गरिएको हो, जरिमाना गरेर गाडी छाडिएको छ,’ ट्राफिक प्रहरी महाशाखाले भन्यो ।यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...