माथिल्लो तामाकोसीमा समयमै विद्युत् उत्पादन हुनेमा आशंका – Janata Live
  • Tuesday, March 28, 2023

माथिल्लो तामाकोसीमा समयमै विद्युत् उत्पादन हुनेमा आशंका

  • जनता लाइभ
  • भदौ ११, २०७६

माथिल्लो तामाकोसीमा समयमै विद्युत् उत्पादन हुनेमा आशंका

दोलखा । भारतीय ठेकेदार कम्पनीको सुस्ततामा सुधार नआउँदा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः थपिएकै समयमै आउनेमा चिन्ता बढेको छ । आयोजनाको लट २ अन्र्तगतको हाइड्रोमेकानिकल तर्फको ठाडो सुरुङमा पाइप जडानको काममा गति लिन सकेको छैन ।

लट २ को हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले पाएको छ । उसले हाइड्रोमेकानिकल तर्फको पेनस्टक पाइप र बाँधका गेटहरूको डिजाइन, उत्पादन, ढुवानी र जडानसम्मको जिम्मा पाएको हो ।

आयोजनाको विद्युत् उत्पादन गर्ने उपकरणहरू जडान पूरा भएको ८ महिना पूरा भएको छ । विद्युत् गृह भित्रको टर्वाइन, जेनेरेटर, एमएसओभी जडान गरी ड्राइ परीक्षण सफल भइसकेको छ ।

आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत ठाडो सुरुङ भित्रको पाइप जडान नभएकै कारण पावर हाउसमा पानी आउन नसकेको हो । मेसिनहरूमा खिया लाग्ला भनेर दैनिक रुपमा सुख्खा चलाउँदै राख्नु परेको छ । यो खबर आजको कारोबार दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...