देशभर डेंगुको संक्रमण बढ्दै

काठमाडौं । पछिल्लो समय मुलुकभर डेंगुको संक्रमण बढ्दै गएको छ । काठमाडौँ लगायत प्रमुख शहरमा फैलदै पनि गएको छ । पछिल्लो समय सरकारले गरेको काममा विभिन्न स्वयंसेवी संस्थाले सहयोग गर्न थालेका छन् ।
काठमाडौँको विभिन्न १० ठाउमा क्रुपी फाउन्डेसन नामक कोरियाली संस्थाले डेंगु नियन्त्रण गर्न बिषादी छर्कदै आएको छ ।
स्थानीय वडाको समन्वयमा डेंगु लामखुट्टे हुनसक्ने र जोखिमयुक्त क्षेत्र पहिचान गर्दै बिषादी छार्कने काम भएको फउन्डेसनका प्रतिनिधि शुक्रराज नेम्वांगले जानकारी दिनु भयो ।
फाउन्डेसनले छर्कने बिषादिले डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्नुका साथै अन्य रोग सार्न सक्ने किटाणु पनि मार्ने बताइएको छ । बिषादी छर्कने काम हप्तामा २ पटक गर्न सके डेंगु संक्रमण नियन्त्रण गर्न सकिन्छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...