सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् ।
‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुर्याउने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...