त्रिचन्द्र स्थापना भएको दिन यकिन छैन्, खोजको विषय बन्नसक्ने – Janata Live
  • Monday, March 20, 2023

त्रिचन्द्र स्थापना भएको दिन यकिन छैन्, खोजको विषय बन्नसक्ने

  • जनता लाइभ
  • भदौ १०, २०७६

त्रिचन्द्र स्थापना भएको दिन यकिन छैन्, खोजको विषय बन्नसक्ने

काठमाडौँ । राजधानीको प्रसिद्ध त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति अनुसन्धानकर्ताका लागि खोजको विषय बन्नसक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ ।

स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अङ्क सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । क्याम्पसका कर्मचारीहरू ७५औँ वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२औँ वर्ष मनाएको छ ।

क्याम्पसका प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानेले झन्डै तीन दशकदेखि भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाइँदै आएको बताउँदै भन्नुभयो, “यो मितिका बारेमा म जवाफ दिनसक्ने अवस्थामा छैन । हामीसँग लिखत छैन । कुन र के आधारमा भदौ ५ लाई स्थापना दिवस मानियो भन्ने भन्न सक्दिनँ । ”

सन् १९९६ मा जिओ सोभेनियर नामक पुस्तिकामा इतिहासकार डा राजेश गौतमले त्रिचन्द्र कलेजको सम्पूर्ण इतिहास लेख्नुभएको छ र त्यसमा उहाँले १९७५ साल भदौ १२ गते क्याम्पस स्थापना भएको उल्लेख गर्नुभएको छ । उहाँले ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ शीर्षक पुस्तकमा पनि सोही मिति लेख्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।