चितवनमा प्रशासनको निषेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाइने – Janata Live
  • Wednesday, March 22, 2023

चितवनमा प्रशासनको निषेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाइने

  • जनता लाइभ
  • भदौ ०९, २०७६

चितवनमा प्रशासनको निषेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाइने

चितवन। पूर्व सहकर्मीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा शुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पाँच जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

१० दिनअघि पक्राउ परेका लामिछानेसहित तीन जनाविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँच जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

त्यस्तै राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पूरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि निषेध कायम लागू हुने जनाइएको छ ।

त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो ।
‘प्रहरीको न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँच जना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

गएको साउन २० गते नारायणगढको कंगारु होटलमा काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनास्थलमा बरामद गरेको पुडासैनीको मोबाइल फोनमा एउटा भिडियो भेटिएको थियो । उक्त भिडियोमा आफूलाई लामिछानेलगायतका व्यक्तिहरुले आत्महत्या गर्न बाध्य पारेको शालिकरामको सन्देश थियो ।

पुडासैनी पहिला लामिछानेले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमकै टिमका सदस्य थिए । केही सयमअघि मात्रै उनी त्यो समूहबाट बाहिरिएका थिए । साउन ३० गते राति काठमाडौंबाट लामिछाने र अन्य दुई जना पक्राउ परेका थिए ।

प्रहरीले त्यसै राति उनीहरुलाई चितवन ल्याएको थियो । साउन ३१ गतेदेखि नै भरतपुरको चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रशंसकहरु भेला भएर लामिछानको रिहाइ माग गर्दै नाराबाजी शुरु गरेका हुन् ।

त्यसयता दिनहुँ प्रदर्शन जारी छ । मुद्दा दायर हुने दिन आइतबार प्रदर्शनकारीको संख्या अत्याधिक बढेको थियो । लामिछानेलगायतका विरुद्ध अदालतमा मुद्दा दायर भएर प्रक्रिया शुरु भए पनि उनीहरुले रिहाइको माग गर्दै प्रहरी कार्यालय सामुन्नेको चोकमा लगातार नाराबाजी गरेका थिए ।

उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । जिल्ला अदालतमा हिजो रुकु भनिने अस्मिता कार्कीको बयान लिने काम सकिएको छ । आज रवि लामिछाने र युवराज कँडेलको बयान लिने काम हुनेछ ।

उनीहरुको बयान लिने काम हुने भएका कारण पनि उनका समर्थकले हुलदंगा गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । रविको समर्थनमा कलाकारहरुको ठूलो टोली पनि चितवन पुगेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।