डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने – Janata Live
  • Sunday, April 2, 2023

डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने

  • जनता लाइभ
  • भदौ ०९, २०७६

डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने

काठमाडौं । काठमाडौँ महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगर घरघरमा पुग्ने भएको छ ।

महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ ।

महानगर स्वास्थ्य विभागले डेंगी संक्रमण भइसकेपछि खास औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्न र डेंगी लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागेको हो ।

अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौँ महानगरपालिकाको शोभाभगवती क्षेत्रमा डेंगी फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैंले लामखुट्टको लार्भा खोजी गरेर नष्ट गर्ने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...