स्थायी भएको महिनौँसम्म शिक्षकले पाएनन् नियुक्ति – Janata Live
  • Tuesday, March 28, 2023

स्थायी भएको महिनौँसम्म शिक्षकले पाएनन् नियुक्ति

  • जनता लाइभ
  • भदौ ०९, २०७६

स्थायी भएको महिनौँसम्म शिक्षकले पाएनन् नियुक्ति

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा र अन्तरवार्तामा समेत उत्तीर्ण भएर सिफारिस भएका शिक्षकले महिनौंसम्म पनि नियुक्त पाएका छैनन् ।

नियुक्ति नपाएपछि माध्यमिक तहका २९ शिक्षक अहिले दिनहुँ शिक्षा तथा मानवस्रोत विकास केन्द्र धाइरहेका छन् । आयोगबाट सिफारिस भएका शिक्षकको नाम शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लामा पठाएको थियो ।

तर, जिल्लाले ‘ठाउँ छैन’ भन्दै उनीहरूलाई केन्द्रमै फर्काएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्माले ‘केही प्राविधिक तथा व्यावहारिक समस्या’का कारण माध्यमिक तहका २९ शिक्षकले नियुक्ति नपाएको बताए ।

आयोगले लिएको परीक्षामा एक नम्बरमा नाम निकालेका शिक्षकको समेत नियुक्ति भएको छैन । पश्चिमाञ्चलबाट सामाजिक अध्ययन विषयको महिला कोटामा पार्वता भुसालले पहिलो नम्बरमा नाम निकालेकी थिइन् ।

‘१४ जेठमा अन्तरवार्ताको नतिजा आएपछि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कपिलवस्तु पठायो,’ उनले भनिन्, ‘तर, त्यहाँ ठाउँ छैन भनेर फर्काइयो ।’ केन्द्रका पदाधिकारीले काम भइरहेको र अन्तिम चरणमा पुगेको जानकारी आफूलाई दिएको उनको भनाइ छ । आफूनजिकको जिल्ला जान चाहेकाले पनि ढिलाइ भएको हुन सक्ने उनले बताइन् ।

आयोगले तत्कालीन शिक्षा विभागले मागेभन्दा बढी शिक्षक सिफारिस गरेकाले समस्या भएको गुनासो शिक्षकहरूको छ । तर, आयोगले भने शिक्षा ऐनअनुसार शिक्षक संख्या सिफारिस गरेको दाबी गरेको छ । शिक्षा ऐनले गरेको व्यवस्थाअनुसार नै विज्ञापन र सिफारिस गरिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा। तुलसीप्रसाद थपलियाले बताए ।

०७३ मा अस्थायी शिक्षकका लागि खुलाइएको विज्ञापनमा केही पद बचेको र शिक्षा ऐनअनुसार विज्ञापन खुलाउँदा केही संख्या बढेको बताए । आयोगले ०७३/०७४ मा गरी विभिन्न तह र विषयका १२ हजार सात सयभन्दा बढी शिक्षकको विज्ञापन गरेको थियो । अहिले माध्यमिक तहको सबै नतिजा सार्वजनिक गरी पदस्थापनको काम भइरहेको छ ।

प्राविधिक र व्यावहारिक समस्याका कारण पदस्थापन गर्न सकिएन स् दीपक शर्मा, प्रवक्ता, शिक्षा तथा मानवस्रोत विकास केन्द्र सिफारिस भएको भोलिपल्टै शिक्षकको पदस्थापन हुनुपर्ने हो । तर, अझैसम्म किन भएन भन्ने प्रश्न स्वाभाविक हो । यसमा केही प्राविधिक र व्यावहारिक समस्या आए । जिल्लाबाट पदस्थापन गर्न कठिन भयो भनिएका शिक्षक २९ जना हुनुहुन्छ । पदस्थापन गर्न नसक्नुको कारण के हो, विस्तृत माग्छौँ ।

अहिलेसम्म मौखिक रूपमा समन्वय गर्न खोजेका हौँ, अब पनि गर्नुभएन भने लिखित रूपमा जवाफ माग्छौँ । त्यो मागेपछि नीतिगत रूपमा के गर्नुपर्ने हो, त्यो निर्णय गर्छौँ । आयोगले सिफारिस गरेपछि उहाँको नियुक्ति त हुन्छ नै ।

अहिले संक्रमणकालीन अवस्था छ । ऐनअनुसार तीन ‘क्याटागोरी’मा विज्ञापन भयो । अस्थायी शिक्षकका विषयमा पहिले एउटा र पछि अर्को निर्णय भयो । शिक्षा ऐनको आठौँ र नवौँ संशोधनमा फरक भयो । २५–२६ हजार शिक्षकको विषयमा एकैपटक काम गर्दा विषय जटिल बन्यो । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...