हदबन्दी छुटको नाममा जग्गाको दुरुपयोग – Janata Live
  • Sunday, April 2, 2023

हदबन्दी छुटको नाममा जग्गाको दुरुपयोग

  • जनता लाइभ
  • भदौ ०८, २०७६

हदबन्दी छुटको नाममा जग्गाको दुरुपयोग

काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनीलगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन ।

हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...