सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक सेयर भेटी चढाएर शनिबारको राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ । – Janata Live
  • Wednesday, March 22, 2023

सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक सेयर भेटी चढाएर शनिबारको राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ ।

  • जनता लाइभ
  • भदौ ०७, २०७६

सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक सेयर भेटी चढाएर शनिबारको राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनभावमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । अनुभवीको सल्लाह लिएर दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ । करकुटुम्बसँगको सम्बन्धमा चिसोपन आउन दिनु हुँदैन । चाहेको ठाउँमा स्थानान्तरण हुन वा टाढाको यात्रा गर्न नसक्दा खिन्नता बढ्न सक्छ । छात्रछात्राले आज मौखिक अभिव्यक्तिका क्षेत्रमा सफलता पाउने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज आफ्नै राशिमा रहेको उच्च चन्द्रमाको प्रभावले गरेका हरेक क्रियाकलापमा सफलता पाउने दिन हो । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)बाह्रौं भावमा चन्द्रमा रहेको दिन भएकाले आज आर्थिक व्ययभार बढ्न सक्ने समय देखिन्छ । यद्यपि गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने छ । आज जे गरे पनि योजनाबद्ध काम गर्नु उचित हुनेछ । वैदेशिक कारोवार वा परदेशको बसाइ छ भने लाभ उठाउने र फाइदा बटुल्ने अवसर मिल्नेछ । तर हरेक क्रियाकलापमा सचेत र सतर्क रहनु पर्छ, नत्र हुनै लागेको काम नबन्ने वा आम्दानीमा बाधा पुग्ने सम्भावना पनि देखिन्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । लाभ भावमा रहेको राशिस्वामी चन्द्रमाको प्रभावले रोकिएका काम बनाउन सकिने समय हो । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कर्मक्षेत्रको चन्द्रमाको बल थोरै छ, त्यसैले परिस्थितिमा केही असहजता बढ्न सक्छ, मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । हरेक कामधाम दोहोर्याउनु पर्ने अथवा सङ्घर्ष वा चुनौतीको सामना गर्नुपर्ला । आज नयाँ काममा हात हाल्नु वा नजानेको विषयमा लगानी गर्नु राम्रो हुँदैन । तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)मिश्रित प्रभाव भएको दिन छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । सहयोगीहरू जुट्नेछन् र चिताएका कामहरू बन्नेछन् । आज त्यस्तो महत्त्वपूर्ण दिन हो, जुन दिन गरेको कामले भविष्य सपार्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)अष्टम भावमा चन्द्रमा रहेकाले मनमा कताकता निराशा र डरको अनुभूति हुनसक्छ, प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौती सामना गर्नुपर्ला तर डराउनु पर्दैन । आठौं घर पनि राशिस्वामी शुक्रकै घर भएकाले आज गरेको कामधामबाट प्रतिष्ठा र मानसम्मानको प्राप्ति हुनेछ । आफन्त र परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । बन्दव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । काममा अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सातौं भावमा चन्द्रमाको उपस्थिति छ । मोजमज्जा, रमणीयता, मनोरञ्जन र खेलवाडमा आकर्षण भएको दिन छ । तर अन्य फलमा भने मिश्रित प्रभाव भएको समय छ । व्यापाररव्यवसायमा सामान्यतया लाभ नै हुनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ अनि खर्च गरेर पनि गतिलो प्रतिफल पाउन सकिने छैन । प्रलोभन देखाउनेहरूले फँसाउन सक्छन् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । नयाँ समाचारले खिन्नता बढाउने छ । पठनपाठनमा रुचि जाग्दैन । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा सामान्य फाइदा नै हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्ने समय छ । तत्काल ठूलो फाइदा लिने उद्देश्यले गरेका काममा भने बढी आशावादी बन्ने समय छैन । हतारमा गरेको कामबाट घाटा हुन्छ त्यसैले कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । छात्रछात्राले घोक्ने, पाठ बुझाउने र रट्ने विषयमा आकर्षण हुँदैन, तर कुनै प्राविधिक वा टेक्निकल विषयको ज्ञान प्राप्त गर्ने अनुकूलता हुनेछ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले खुसी तुल्याउने छन् । छात्रछात्रा र बौद्धिक क्षेत्रमा लागेकाहरूका लागि प्रतिष्ठा आर्जन गर्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभाव रहने हुँदा आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने छ, गरेको लगानीको प्रतिफल ढिलो गरी प्राप्त हुनसक्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ, सचेत हुनुपर्छ । दायित्व र जिम्मेवारी बढिरहने दिन छ, बाध्यतापूर्ण काममा अलमलिनु पर्ने समय छ, तर मनमा डर र त्रासको परिस्थिति बन्नसक्ने दिन छ । तर आज हिम्मतका साथमा काम गर्नसके मानसम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका काम, बाधा अवरोध र विघ्न हटाउन गरिएको प्रयासमा सफलता मिल्ने समय हो । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन्, आजको प्रयासले शत्रु र प्रतिस्पर्द्धीको मुटु हल्लिने परिस्थिति सिर्जना हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । तर आज मान्यजनको आशीर्वाद ग्रहण गर्नु र कसैको आलोचना नगर्नु बुद्धिमानी हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...