साढे चार लाखमा पे शेवर अप राधी लगाएर श्रीमानको ह त्या, यसरी बनाइन् यो जना – Janata Live
  • Monday, March 20, 2023

साढे चार लाखमा पे शेवर अप राधी लगाएर श्रीमानको ह त्या, यसरी बनाइन् यो जना

  • जनता लाइभ
  • भदौ ०७, २०७६

साढे चार लाखमा पे शेवर अप राधी लगाएर श्रीमानको ह त्या, यसरी बनाइन् यो जना

बर्दिवास । महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको श व बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो ।

घ टनाको एक महिनापछि सरोजको ह त्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अप राधी प्रयोग गरी ह त्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर ह त्या गरेको पोस्ट मार्टम रि पोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको ह त्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद लिइसकेको पाइएको उनले बताए ।

प्रहरीले चार अभियुक्तलाई प क्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । एक जना फ रार छन् । सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट गढीमाई नगरपालिका–६ बखरीटोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टीआई सहनीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी बर्दिबासका डीएसपी निशान थापाले बताए । प्रहरीले घ टना अनुसन्धानका क्रममा ६० जानसँग सोधपुछ गरेको थियो ।

सरोजका काका टंकविक्रमले पत्नी पूजा, सासू लक्ष्मी बस्नेत, साली र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पूजा, लक्ष्मीलगायत फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी बर्दिबाससहितको प्रहरी टोलीले एक महिना लगाएर घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।

सरोजले धनुषाको बाहुनमाराकी पूजासँग डेढ दशकअघि बिहे गरेका थिए । उनीहरूका छोरा र छोरी छन् । यहीबीच सरोज मलेसियामा चार वर्ष बसेका थिए । प्रहरी अनुसन्धानका अनुसार पत्नीसँग उनको बेलाबेला विवाद हुन्थ्यो । पछिल्लो समय घर बनाउन २२ लाखमा जग्गा बिक्री गरेपछि विवाद चर्किएको थियो । जग्गाको रकम हात पार्न पूजाले एक महिनाअघि पतिको ह त्या यो जना बनाएको खुलेको छ ।

घट नाक्रमअनुसार पूजाले बहिनी कोपिलाका देवर प्रमोदलाई मान्छे खोज्न लगाइन् । प्रमोदले साथी मुकेशसँग मिलेर बनाएको योजनामा श्रीनारायण जोडिए । मुकेशको गाउँमा परिवारिक सम्बन्ध रहेछ, श्रीनारायणको ।

सर्लाही आउजाउ गर्दा मुकेशसँग चिनजान बढेको थियो । श्रीनारायणले आफ्नै गाउँका टीआई र अन्य एक जनालाई घ टनामा सामेल गराएको प्रहरीले जनाएको छ । टीआई विगतमा भूमिगत समूहमा संलग्न थिए ।

‘खोज्दै जाँदा सरोजले जग्गा बिक्री गरेको र केही पैसा भएको थाहा पायौं । केही पैसा पत्नीसँग भएको र अरू ठेगान नभएको खुल्यो’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘पति र पत्नीको झग डाबीच जब ठूलो पैसा छैन भन्ने थाहा भयो, त्यहींबाट अनुसन्धान सुरु गर्‍यौं ।’

सरोजको फोन सम्पर्क सालीका देवर प्रमोदसँग भएको र घटनाका दिन अभियुक्त बर्दिबास आएको भेटिएको प्रहरीले जनाएको छ । प्रमोद प क्राउ परेपछि पूजाले पतिको ह त्या गर्न भाडाको अप राधी प्रयोग गरेको खुलेको हो ।

दुर्घटनाको रूप दिए पनि छिपेन अप राध
सरोज स्कुटरसँगै पल्टिएको अवस्थामा भेटिएका थिए । टाउकोबाट रगत बगिरहेको थियो । अस्पताल पु-याउँदा उनको मृ त्यु भइसकेको थियो । ‘उनको मृ त्यु दुर्घटनाबाट भएको देखिन्थ्यो । हामीले दुर्घ टनाकै दृष्टिकोणबाट अनुसन्धान ग-यौं’, एसपी अधिकारीले भने, ‘पोस्ट मार्टम रि पोर्टपछि घटना रहस्यमय जस्तो लाग्यो । ह त्या भएको हुन सक्ने कोणबाट अनुसन्धान मोडियो ।’

सरोज घटनाको दिन स्कुटर नामसारी गर्न जनकपुर गएका थिए । उनका काका टंकविक्रमका अनुसार त्यही बेला पूजाले छोरालाई गौरीडाँडास्थित फुपूको घरमा छाडिन् । छोरीलाई लिएर धनुषाको बाहुनमारामा माइत गइन् । आमा लक्ष्मी बस्नेतसँग भाले बलि दिएर रातु पूजा गरिन् । पूजा र आमा भालेको मासु लिएर बर्दिबास फर्किए । छोरीलाई त्यतै छाडिन् ।

पत्नी र सासूले सरोजलाई मासु र रक्सी खुवाए । राति छोरी बिरामी भएको खबर बाहुनमाराबाट सालीले गरेपछि सरोज स्कुटर लिएर त्यता हिँडेका थिए । त्यता जाँदै गर्दा बाटो छेकेर भाडाका अप राधीले राति साढे १० बजे उनको ह त्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उनीहरूले टाउको पछाडि ढुंगाले हिर्काएर सरोजको ह त्या गरे’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । अन्नपूर्ण पोष्टबाट

Loading...
Loading...
Loading...