स्वास्थ्यमा यतिसम्म हेलचेक्र्याई, अनुगमन बिनै १८० कम्पनीका औषधि आयात

काठमाडौं । तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ ।
औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हुँदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।
२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन ।
ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनामलगायतका देशबाट औषधि आयात हुने गरेका छन् ।
नेपालमा अहिलेसम्म ३ सय विदेशी औषधि उद्योगले बजारीकरण गर्दै आएका छन् । दुई किसिमका उद्योग स्वयं कम्पनी आफैंले बजारका प्रतिनिधि राखेर बजारीकरण गर्ने र नेपालमा वितरक (डिस्ट्रिब्युटर्स) खडा गरेर आफ्नो उत्पादन मूल्यमा केही प्रतिशत नाफा राखी सम्पूर्ण जिम्मेवारी नेपाली वितरकलाई दिने गरेका छन् ।
स्रोतका अनुसार निजी ल्याबबाट औषधिको परीक्षण भई स्वीकृत हुँदै आएको छ । सरकार मातहत औषधि प्रयोगशाला भए पनि निजी ल्याबलाई अनुमति दिएर आयात गरिएका औषधि परीक्षण भइरहेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
तौल बढ्न नदिन के खाने, कसरी खाने?
काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...
किन चिलाउँछ हत्केला, कसरी बच्ने?
काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...
अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा
मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...