महँगियो सुनः रहर मेटाउन नक्कलीको भर – Janata Live
  • Sunday, April 2, 2023

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

  • जनता लाइभ
  • भदौ ०६, २०७६

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

काठमाडौं । सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ ।

झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका छन् ।

सितापाइलाकी सानु शाक्यले मखन टोलको सोना शृंगार पसलबाट नक्कली सुनको गहना किनेको बताइन् । ‘सुन महँगो भयो त्यसैले यो किनेर लगाउने, ’ उनले भनिन्, ‘सुन लाउनैपर्ने भो, अहिले महँगिएको अवस्थामा किन्न पनि नसकिने भो ।’

सस्तोमा नयाँ डिजाइनको गहना फेरीफेरी लगाउन पाइने उनको अनुभव छ । यो समाचार आजको कान्तिपुर दैनिकमाछापिएको छ ।

Loading...
Loading...
Loading...