सफलताका ५ सुत्र

बुद्ध भन्नुहुन्छ – “सबै मानिसलाई सफल हुने अवकाश छ”
यद्यपि सफलताका लागि नियमहरुको पालन गर्नुपर्दछ
हिजो बुद्ध प्रशिक्षित (५) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति ।
– चीरकाल भावना –१
कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ बिस्तृतमा भन्नुपर्दा कति सज्जनहरु अतीतमा अभ्यस्त भैसकेको हुनाले त्यो अतितको पारमिताले अलि शीघ्र पारंगत हुन्छन् र सफलता हासिल गर्दछन् त्यस्ता मसिना कुरा पनि बुझेर सफलता चाहनेले आफूले आरम्भ गरेको कार्यमा समय दियेर प्रयास गर्नुपर्दछ । त्यस् परिपार्टिलाई ” चीर काल भावना भनिन्छ ” ।
– निरन्तर भावना –२
जुनै काममा सफलता पाउन त्यो कार्य सफल नभएसम्म दृढता साथ सधैं त्यो कार्यमा ध्यान दिनुपर्दछ । अन्यथा आज गरो भोलि छाडो अनि पर्सि पुन गरेझैं गरो त्यसरी सफल हुँदैन । कतिपय मानिसहरुको चीरकाल लगन नहुनाको कारण कुनैपनि कार्य जीवनमा सफल नभएको देखिन्छ । कार्यहरु सफल नभएसम्म लागू पर्नुपर्दछ । त्यसैलाई ” निरन्तर भावना भनिन्छ “।
– निरवशेष भावना –३
यो बिधि निकै महत्वपूर्णछ । निरवशेषको अर्थ कुनैपनि कार्यगर्दा त्यस्को कुनै प्रकारको प्रयासमा र बिधि बिधानमा कमिकमजोरी हुन नदिईकन बिधिपूर्ण रुपले कार्य सुचारु गर्नुपर्दछ । आवश्यक प्रबिधिहरुकोपनि आवश्यकता अनुसार प्रयोग गर्नुपर्दछ । यस लाई ” निरवशेष भावना भन्छ ”
– सक्कच्च भावना –४
यो सक्कच्च भावना गौरव धर्मपनिहो । आफ्नु कार्यमा गौरव वा आदरार्थी भाव हुनुपर्दछ । लापरवाहीपन पटक्कै हुनुहुँदैन । लापरवाही भावना राखेर कुनै कार्यमा सफलता हासिल गर्न सम्भव हुँदैन ।
कार्यप्रति बिनम्रता वा आदरार्थी भावलाईनै ” सक्कच्च भावना भनिएकोहो ” ।
– अभिरति भावना –५
कार्यगर्दा कुनैपनि आरम्भ गरेको कार्यमा अभिरुचि वा हर्षपूर्ण भावना हुन नितान्त आवश्यक पर्दछ । अभिरुचि नभएसम्म कुनै कार्यगर्न सहज र सरल हुन सक्दैन । एउटा बोझको भान हुन्छ कर्ममा जुन हुनुपर्ने स्फूर्ति हुँदैन र माथि प्रस्तुत भावनाहरु बन्न सक्दैनन् । त्यसैले जीवनमा जुन कार्य गर्नुपरेतापनि त्यस्मा हुनुपर्ने प्रफुल्ल भावहो ” अभिरति भावना ” ।
यी पाँच प्रकारका भावनाहरु मानिसले सफलताकालागि अपनाउने भावना हुन् भनी गौतम बुद्ध बडो उपकारी भावनाले सम्पूर्ण मानिसलाई शिक्षादिनुहुन्छ ।
बिज्ञहरु…! बुद्ध शिक्षाहरुलाई कतैबाट कसैको भनाई नलिई मैले आफ्नै प्रकारले सबैका हितकालागि अर्थ प्रस्तुत गरेको मात्र हो । त्रुटि देखेमा बिज्ञहरुले सच्याईदिन सनम्र अनुरोध गर्दै… (फाइल तस्विर)
योगराज दाहाल, म्यानमार
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...