नारायणहिटी ह*त्याका*ण्डका प्रत्य*क्षदर्शी भा*न्सेद्वारा सिंहदरबारभित्र आ*त्मह*त्या – Janata Live
  • Sunday, April 2, 2023

नारायणहिटी ह*त्याका*ण्डका प्रत्य*क्षदर्शी भा*न्सेद्वारा सिंहदरबारभित्र आ*त्मह*त्या

  • जनता लाइभ
  • भदौ ०४, २०७६

नारायणहिटी ह*त्याका*ण्डका प्रत्य*क्षदर्शी भा*न्सेद्वारा सिंहदरबारभित्र आ*त्मह*त्या

काठमाडौं । १९ जेठ ०५८ मा भएको राजदरबार ह,त्याका,ण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले वि*ष से*वन गरी सिंहदरबारमा आ*त्मह*त्या गरेका छन् ।

राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबार ह*त्याका*ण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रूपमा थियो ।

दरबार ह*त्याका*ण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार ह*त्याका*ण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिएका थिए ।

दरबार ह*त्याका*ण्डलगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि उनको सरुवा निर्मलनिवासमा भएको थियो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरियो, त्यसक्रममा केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भयो ।

त्यसैक्रममा उनले गरेको गल्तीले उनलाई मंगलबार बिहान आ*त्मह*त्याको स्थितिमा पु-यायो । राहदानी विभागमा कार्यरत छँदा विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने गिरोहको लहैलहैमा लागेर केसीले १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई प*क्राउ गरेको थियो ।

जिल्ला अदालतमा चलेको मुद्दा उनले हारेका थिए । लामो समयदेखिको मुद्दाका कारण तनावमा रहँदै आएका केसीले सोही कारणले नै आ*त्मह*त्या गरेको पारिवारिक स्रोतको दाबी छ । आ*त्मह*त्या गर्नुअघि उनको लेखोटमा आफ्नै कारणले आ*त्मह*त्या गरेको उल्लेख छ ।

नारायणहिटी का*ण्डमा दरबारका भान्से बच्चुराम केसीले दिएको बयान
यहाँको नाम के हो ?
मेरो नाम बच्चुराम केसी हो, म त्रिभुवन सदनमा काम गर्छु ।
त्यहाँ काम गरेको कति वर्ष भयो ?

म त्यहाँ काम गरेको पाँच वर्ष भयो । दरबार छिरेको नौ वर्ष भयो ।
जुन घटना घट्यो, त्यसवेला तपाईंलाई कुन काममा खटाइएको थियो ?
ज्यूनार तयार गर्ने काममा ।

तपाईंलाई सम्झना भएसम्म त्यस दिनको घटनामा के–के भयो ? बताउनुस् ।
सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ ।

त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटर जति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता डे«समा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो । त्यसवेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानें मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ ।

अरू कुरा केही देख्नु भएन ?
अरू केही पनि थाहा छैन ।
युवराजलाई तपाईंले देख्दा हतियारसहित नै देख्नुभएको थियो रु कति वटा हतियार थिए ?
दुई वटा त हातमा तेस्र्याएको देखेको थिएँ । एउटा टल थियो, अर्को अलिकति सानो थियो ।
दुई वटा उस्तै–उस्तै साइजको झुण्ड्याएको देख्नुभयो कि कस्तो थियो ?
एउटा हातमा थियो । अर्को झोलिएको थियो ।
पोजिसन कस्तो थियो ?

अलि डरलाग्दो पोजिसनमा होइबक्सन्थ्यो ।
कस्तो हाउभाउ देखाउँदै आउनु भएको थियो ?
होइन उभिएरै आउनु भएको थियो ।

युवराजलाई ढोकाबाट छिर्ने वेलामा मात्रै देखेको कि अलि अगाडिदेखि नै देखेको ?
अलि अगाडि बगैँचादेखि नै देखेका हुँ । चन्द्रमा बत्तिवाल खुला ठाउँ छ । त्यहाँबाट खुला देखिन्छ । अलिकति देखिन्छ । अनि त्यसपछि प्यासेलबाट देखिन्छ ।

भित्र छिरेको मात्र देखेको की बाहिर निस्केको पनि देखेको हो ?
भित्र छिर्ने बित्तिकै फायरिङ शुरु भयो । त्यसपछि म भागिहालेँ । त्यसपछि म त्यहाँ आउँदै आइनँ ।
फायरिङ कसलाई भएको देख्नु भयो ?

त्यहाँबाट भित्र देखिँदैन । म बसेको ठाउँबाट फायरिङ भएको मात्र देखिन्थ्यो । कसमाथि फायरिङ भयो देखिएन । मलाई सानु प्रभूले (निराजन साहेव) ले कोल्ड ड्रिंक्स ल्याऊ भन्ने हुकुम भएकोले कोल्ड ड्रिंक्स लिएर गएको थिएँ ।

तपाई २ मिनेटअघि कोल्ड डिङ्क्स लिएर जाँदा महाराजधिराज सरकार कहाँ होइबक्सन्थ्यो ?
विलियार्डकै असपासमा होइबक्सन्थ्यो । म त्यहाँ डाइरेक्ट गएँ । कोल्ड ड्रिक्स त्यहाँ राखे । त्यहाँ बस्नु थिएन । त्यस्तो आवश्यक परेमा घण्टी बजाइबक्सन्थ्यो वा कहिलेकाहिँ आफैँ किचेनमा सवारी होइबक्सन्थ्यो । यो चीज लेऊ भन्ने हुकुम हुन्छ । त्यही अनुसार जान्छौं । त्यहाँ कुनै फिर्ता ल्याउनुपर्ने चीज भए ल्याउँछौं, फर्कन्छौं ।

तपाईलाई थाहा छ ? त्यहाँ कुन समयमा जानुभएको थियो ?
मैले घडी त हेरिनँ । तर अन्दाजी त्यही ९ बजेको थियो की जस्तो लाग्छ । त्यसबेला हामी ३ जना मात्र थियौं काम गर्ने । तीन जनाले सबै भ्याउनुपर्ने हुन्छ । टेन्सन हुन्छ । त्यसैले ओहोरदोहोर गरिराख्नु पर्ने हुन्छ । समय हेर्न मौका समेत मिल्दैन । नयाँपत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...