नयाँ रुटबाट भारतसम्म सुन – Janata Live
  • Monday, March 20, 2023

नयाँ रुटबाट भारतसम्म सुन

  • जनता लाइभ
  • भदौ ०३, २०७६

नयाँ रुटबाट भारतसम्म सुन

विराटनगर । केही समय अघिसम्म नेपालको बाटो हुँदै सुन भारत तस्करी गर्ने गिरोह सक्रिय थियो। समय समयमा सुन तस्करका गिरोह र भरिया पनि पक्राउ पर्थे। ठूलो परिमाणको सुन तस्करी काण्डमा भरियाको हत्या र मृत्यु प्रकरणमा अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ।

सुन तस्करी गर्ने स्थान, नाका र बाटो पहिल्याएर प्रहरीले नेपालको बाटोमा कडाई गरेसँगै नेपाल हुँदै भारत सुन लैजाने तस्करले बाटो नै परिवर्तन गरेर भारत सम्म सुन पुर्‍याउने गरेको खुलेको छ। प्रदेश १ सँग जोडिएको भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लाको सिलगुढीबाट १० किलो सुनसहित तीन जनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो।

झापाको काँकडभिट्टा नाकादेखि २८ किलोमिटर पूर्वमा रहेको सिलगुढीबाट सोमबार १० किलो सुनसहित भारतीय केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले भारतको मिजोरम बस्ने २४ वर्षीया जमुना किमा, २० वर्षीय एस रुआल सागपुइआ र ३५ वर्षीय लाल नेइहलिआलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूले यस अघि नेपालका विभिन्न नाका हुँदै अवैध रुपमा सुन भारत पुर्‍याउने गरेको समेत अनुसन्धानका क्रममा खुलेको भारतीय गुप्तचर विभागले जनाएको छ। पक्राउ परेका तीनै जनालाई सोमबार सिलगुढी अदालत पेस गरिसकेको छ।

भारत र म्यानमार सीमावर्ती नाकाबाट भित्राइएको उक्त परिणामको सुन तस्कर समूहले कलकत्ता लैजाने तयारीमा रहेको खुलेको छ। मिजोरमबाट आएका उनीहरूले १६६ ग्रामका ६० वटा सुनको बिस्कुट गाडीमा हालेर लैजाने क्रममा गोप्य सूचनाको आधारमा पक्राउ परेको गुप्तचर विभागले जनाएको छ।

सोमबार बरामद भएको सुनको भारतीय बजार मूल्य ३ करोड ८७ लाख रुपैयाँ रहेको छ। यस अघि पनि सिलगुढी क्षेत्रबाट पटक पटक ठूलो परिणाममा सुन सहित प्रहरीले तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो। सिलगुढीसम्म ल्याएको सुन भारतसहित नेपालका सीमावर्ती बजारमा पनि तस्करले कारोबार गर्ने गरको अनुसन्धानका क्रममा खुलेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अन्नपूणै पोस्टबाट

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...