सर्बोच्चले भन्यो- ‘अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्नु’ – Janata Live
  • Wednesday, March 22, 2023

सर्बोच्चले भन्यो- ‘अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्नु’

  • जनता लाइभ
  • भदौ ०२, २०७६

सर्बोच्चले भन्यो- ‘अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्नु’

काठमाडौं । बहुविवाहको आरोप लागेकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो।निर्माता छवी ओझासँग विवाह गरेपछि पहिलो श्रीमती हेमा ओझाले निर्माता ओझा र अभिनेत्री पोखरेलबिरुद्ध बहु–विवाहको मुद्दा दायर गरेकी थिइन् ।

अभिनेत्री पोखरेलले आफूविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै सबैभन्दा पहिले उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उनले उच्च अदालतमा आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने भन्दै आग्रह गरेकी थिइन् । तर, उच्च अदालतले पनि शिल्पाको सो निवेदनमा गत साउन २४ गते सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार ग–यो ।

यसै आग्रहलाई लिएर अभिनेत्री पोखरेल सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी थिइन् । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश दिएको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।