सुध्रेनन् पूर्व युवराज पारस, विमानस्थलका प्रहरीमाथि हातपात – Janata Live
  • Sunday, April 2, 2023

सुध्रेनन् पूर्व युवराज पारस, विमानस्थलका प्रहरीमाथि हातपात

  • जनता लाइभ
  • भदौ ०२, २०७६

सुध्रेनन् पूर्व युवराज पारस, विमानस्थलका प्रहरीमाथि हातपात

काठमाडौं । पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भाञ्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए ।

पारसले यसअघि पनि यस्ता घटनाहरु घटाउँदै आएका छन् । तर पछिल्लो समय उनको आनीबानीमा सुधार आएको अनुमान गरिरहेका बेला फेरि पूरानै हर्कत देखाएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...