रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे – Janata Live
  • Wednesday, March 22, 2023

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

  • जनता लाइभ
  • भदौ ०१, २०७६

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा पुगेको छ ।

यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो । यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

Loading...
Loading...
Loading...