सिगात्से–केरुङ रेलमार्ग शुरु, अब काठमाडौं रेल ल्याउन सहज

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।
‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढेको छ ।’
नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । यो समाचारअन्नपूर्ण पोष्ट दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...