के हो आ’त्मह’त्या दुरु’त्साहन ?

काठमाडौं । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अप’राध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आ’त्मह’त्या दुरु’त्साहन गर्नेलाई द’ण्डस’जाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आ’त्मह’त्या गर्न दुरु’त्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’
यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ । नेपालमा भने यस्तो कानुन भर्खरै बनेको र यसबारे सर्वोच्चले कुनै नजिर पनि प्रतिपादन गरिसकेको छैन । त्यसैले कस्ता घटनालाई आ’त्मह’त्याको दुरु’त्साहन मान्ने र कस्तालाई नमान्ने भन्ने द्धिविधा छ ।
सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आ’त्मह’त्यामा दुरु’त्साहन आरोपमा टीभी कार्यक्रम प्रस्तोता रवि लामिछाने प’क्राउ परेपछि यसबारे अझ बढी चासो बढेको छ ।
‘सही काम गर्दा त्यसको परिणामले कसैले आ’त्मह’त्या गर्छ भने त्यो दुरु’त्साहन होइन’, वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘नघटेको घटनाको आशंका र डरले आ’त्मह’त्या गर्दा पनि दुरु’त्साहनको दोष लगाउन मिल्दैन । तर कसैलाई असत् व्यवहारले कोही आ’त्मह’त्या गर्ने अवस्थामा पुग्यो भने त्यसलाई दुरु’त्साहन भन्न मिल्छ ।’
कसैले कसैको गोप’नीयता भंग गर्ने कुनै प्रमाण बटुलेर धम्की दियो, बार्गेनिङ गर्यो वा कुनै काम गरेर आ’त्मह’त्या गर्नुपर्ने स्थितिमा पुर्यायो भने त्यसलाई दुरु’त्साहनको अभियोग लगाउन सकिने उनले बताए । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।