रवि समर्थक झन् उग्र बन्दै, प्रहरीको गाडीमा तोडफोड – Janata Live
  • Saturday, April 1, 2023

रवि समर्थक झन् उग्र बन्दै, प्रहरीको गाडीमा तोडफोड

  • जनता लाइभ
  • साउन ३२, २०७६

रवि समर्थक झन् उग्र बन्दै, प्रहरीको गाडीमा तोडफोड

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आ,त्मह,त्या प्रकरणमा छानबिनका लागि भन्दै प,क्राउ परेका पत्रकार रबि लामिछानेको समर्थक भनिएकाहरुबाट जारी चितवनको प्रदर्शन झन् उग्र बन्दै गएको छ ।

शनिवार रवि समुहका प्रदर्शनकारीहरुले प्रहरीको गाडि तोडफोड गरेका छन् । प्रहरीले भिड तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको छ ।

शालिकराम पुडासनैनीकी मृ,त्यु प्रकरणको स्वतन्त्र छानबिन हुनपर्ने माग राख्दै चितवनमा शनिवार बिहानै अर्को समुहले प्रदर्शन गरेको थियो ।

सचेत युवा समाजको अगुवाईमा प्रदर्शन भएको हो । उनीहरुले मृत अवस्थामा भेटिएका शालिकराम पुडासैनीको मृ,त्यु प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने माग राखेका छन् ।

त्यसका लागि अदालत र प्रहरी प्रशासनमाथि दबाव नबढाउँन र कानुनी सर्वोच्चता कायम राख्न आग्रह गरेका छन् । रवी समर्थकले प्रहरी र अदालती प्रक्रियालाई नै प्रभावित हुनेगरि शुक्रबार देखि प्रदर्शन जारी राखेका छन् ।

रवीको प्रदर्शनमा सहभागिता जनाउँनकै लागि काठमाडौंबाट आफुलाई अभियन्ता बताउँने ज्ञानेन्द्र शाही समेत चितवन पुगेका छन् । चितवन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...