श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही – Janata Live
  • Tuesday, March 28, 2023

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

  • जनता लाइभ
  • साउन ३२, २०७६

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

काठमाडौं । सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो ।

सूचनामा श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोके अनुसार न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा इमानदारीका साथ उपलब्ध गराउन आग्रह गरिएको छ ।

सूचनामा मन्त्रालयले श्रम कानुनले निर्दिष्ट गरेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा श्रमिकहरुलाई उपलब्ध नगराउने उद्योग र प्रतिष्ठानमाथि कारवाही गर्ने चेतावनी समेत दिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...