धरहरा निर्माण विवाद : अदालत जाँदै सम्पदा अभियन्ता – Janata Live
  • Tuesday, March 28, 2023

धरहरा निर्माण विवाद : अदालत जाँदै सम्पदा अभियन्ता

  • जनता लाइभ
  • साउन ३२, २०७६

धरहरा निर्माण विवाद : अदालत जाँदै सम्पदा अभियन्ता

काठमाडौं । धरहरा निर्माणविरुद्ध सम्पदा अभियन्ताहरू अदालत जाने भएका छन् । नयाँ बन्ने धरहराले स्थानीय सांस्कृतिक पक्षमा असर पर्ने र लामो इतिहास बोकेको सुन्धारा ओझेलमा पर्ने भन्दै उनीहरू अदालत जान लागेका हुन् ।

अभियन्ता गणपतिलाल श्रेष्ठले आफूहरू अदालत जान लागेको जानकारी दिए । ‘अहिले बन्ने झिल्के संरचनाले लामो समयदेखि मलामी लिएर स्थानीय हिंड्ने बाटो बन्द हुने भएको छ । धरहराभन्दा पुरानो इतिहास बोकेको सुन्धारा ओझेल पर्ने भएको छ । सुन्धाराको इतिहासलाई धरहरासँग तुलना गर्नै मिल्दैन,’ अभियन्ता श्रेष्ठले भने, ‘हामी स्थानीय यसलाई धरहरा मान्दैनौँ । झिल्के टावर भन्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नै महत्वपूर्ण योजनाका रूपमा लिएको धरहरा पुनर्निर्माण रोक्न उनीहरूले गृहकार्य सकिएको भन्दै कानुनी रूपमा अगाडि बढ्ने जानकारी दिए । उनीहरू आगामी साता सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गर्ने तयारीमा लागेका हुन् । तत्कालीन मेयर केशव स्थिापित मेयर हुँदा सर्वोच्चले नै नयाँ संरचना बनाउँदा सांस्कृतिक सम्पदा नचलाउनु, धरहरा र सुन्धाराबीचमा भएको बाटो खुला राख्नु भनेको थियो ।

अदालतको आदेशकै कारण साइड वर्कस कम्पनीले धरहरा र सुन्धाराबीचमा बाटो खुला राखेको थियो । ‘यति धेरै चाप भएको ठाउँमा २२ तल्ले टावर किन चाहियो ?, ७२ को भूकम्पले ५० जना मरे ।

त्यस्तै, अर्को विपत् आयो भने अरू कति जना मान्छे मर्छन् ?,’ उनले भने, ‘२२ तल्लामाथि गएर कंक्रिटको जंगलबाहेक हामीले हेर्न पाउने पनि केही होइन । त्यसैले हामी अदालत जान्छौं ।’ बेसमेन्टको काम भइरहेको धरहरा पुनर्निर्माण रोक्न आवाज उठाउने ठीक समय पनि भएको उनीहरूको भनाइ छ । १२ वैशाखको भूकम्पमा धरहरा ढल्दा ५६ जनाको मृत्यु भएको थियो ।

‘धरहरा होइन, भ्यु टावर बनाइयो’
अभियन्ताहरूले धरहरा पुनर्निर्माण नभई भ्युटावर निर्माण भएको भन्दै यसविरुद्ध अभियान पनि चलाउने भएको छन् । यसका लागि कानुनी पाटो र अभियान दुवैमार्फत अगाडि बढ्ने उनीहरूको भनाइ छ ।

‘यो साँघुरो र भित्री ठाउँमा २२ तले भ्युटावर बनाउन आवश्यक नै छैन । सरकारलाई बनाउन मन नै भए खाली ठाउँमा खोजेर बनाए भइहाल्यो नि,’ उनले भने, ‘हामी कानुनी पाटो र अभियान दुवैमार्फत अगाडि जान्छौँ । हामी अदालत त जान्छौँ नै । यो धरहरा पुनर्निर्माण होइन भन्दै अभियान पनि चलाउँछौँ ।’

धरहराको इतिहास
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । ११ तले धरहरा ९० सालको भूकम्पले पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला नै कायम गरी पुनर्निर्माण गरेका थिए ।

यस्तै, ०७२ को भूकम्पले पूर्ण क्षति बनाएपछि त्यसलाई ग्लासभित्र राखेर नजिकै २२ तल्ले धरहरा निर्माण भइरहेको छ । प्राधिकरणका अनुसार नयाँ धरहराको २० प्रतिशत काम सकिएको छ । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...