आदिबासी नेता आङकाजीले रबिलाई किन भने यस्तोे ?

काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले रबिको विषयमा आक्रोसित हुँदै आफ्नो भनाइ फेसबुक स्टाट्समा लेखेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन् ।
लामिछाने आए
हतकडी नलगाई
अदालतमा हलाउदै हात
चौधरी र शेर्पा ल्याए अदालतमा
४ धार्नी हतकडी सहित
हिर्काउदै पुलिसले पछाडीबाट लात
जनजातिलाई लाग्छ सबै खाले ऐन
गैर जनजातिलाई जताततै छ चैन
नश्लवादी राज्य नेपालमा
चौधरीलाई राखे बर्ष्दिन बढी
शेर्पालाई राखे १७ दिन जेल
५ दिनमा लामिछाने छुटाउन
सडकमा प्रदर्शन हुदैछ अनौठो खेल
अभियोग लागेको लामिछानेलाई
छानविन नगरी कसरी रिहा गर्ने हो ?
हत्या अभियोगमा जेल परेका ढुङगेल
पनि कसरी जेल मुक्त भो ?
ज्ञानेको भालेहरू चितवनमा करायो
आदिवासी मधेसीको ईन्साफ हरायो !
राण विरूद्ध लडेका टंकप्रसाद आचर्यलाई
बाहुन मारे पाप हुन्छ भनी मृत्यु दण्ड दिएन
धर्मभक्त माथेमा र आदिवासी शहिदहरूलाई
गिराफ्तार गरे कै दिनमा रूखमा झुण्डाएर मारे
१ दिन पनि जीवन बाँच्न दिएन !
न्यायालय प्रयोग गरेर
हाम्रा अधिकार दिनदिनै खोस्दैछ
कमल थापाको आन्दोलनमा पानीको फोहरा मात्रा हान्ने प्रहरीले
आदिवासी मधेसीको आन्दोलनमा
तातो गोलि ठोक्दै छ
४ अर्ब भ्रष्टाचार अभियोग लागेको
स्व रविन्द्र अधिकारलाई
कारबाही नगरी स्वर्गबास भो
हडीविनाको जिब्रो लटपटिन्दा
तामाङको मन्त्री पद नै चट भो !
भुटानी शरणार्थी भए पनि
टेकनाथ रिजाललाई
भि आई पी भनेर
एरपोर्टमा सरासर जान आउन दिईन्छ
नेपालका आदिवासी मधेसीको पासपोर्ट नक्कली भन्दै औलाले कोट्टाएर हेरिन्छ !
बुझ्नेलाई यो कुरा गहिरोछ
नबुझ्नेका लागि घर छेउमा
नश्लवादी राज्यले खनेर राखेको
पहिरोछ !