टिभिबाटै पक्राउ परेका रवीलाई चितवन लगिदै, अब के हुन्छ ? – Janata Live
  • Monday, March 20, 2023

टिभिबाटै पक्राउ परेका रवीलाई चितवन लगिदै, अब के हुन्छ ?

  • जनता लाइभ
  • साउन ३०, २०७६

टिभिबाटै पक्राउ परेका रवीलाई चितवन लगिदै, अब के हुन्छ ?

काठमाडौं । पानिपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ परेका टेलिभिजनकर्मी रवी लामिछानेलाई चितवन लगिने भएको छ ।

रवी सहित युवराज कँडेललाई चितवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।

प्रहरीले प्रकाउ गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पक्राउ गर्न गएको टोलीले पक्राउ गर्न पक्राउ पुर्जी दिँदा रविले पहिले लिन मानेका थिएनन् । पछि अनुसन्धानमा सघाउँने भन्दै रवी सघाउने बताएका हुन् ।

आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको न्युज २४ ले जनाएको छ । पक्राउपछि पौने नौ बजेको उक्त कार्यक्रम अवरुद्ध भएको छ ।

यसअघि आजै दिउसो कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । रवी सहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन तर्फ प्रहरीले लगिदै गरेको प्रहरीले जनँएको छ ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा तीन वटै जनाको नाम लिएका थिए । मृतक सालिकरामको मोबाइलको फोरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट तयार भएको बताइएको छ ।

सोही आधारमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । रिपोर्टहरु भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेका रवी, युवराज र अस्मितामाथि अब प्रहरीले अनुसन्धान अघि बढाउने छ । पहिले आत्महत्यामा कुनै कारबाही हुँदैन थियो । तर, गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा सजाय तोकिएको छ । पक्राउ परेका रवी माथिको अभियोग पुष्टी भए यस्तो सजाय हुनसक्छ ! तस्विर : न्युज २४ टिभि

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...