पटक–पटक ब*लात्कारको शि*कार, अति भएपछि छ*प्काइन् खु*कुरीले – Janata Live
  • Saturday, April 1, 2023

पटक–पटक ब*लात्कारको शि*कार, अति भएपछि छ*प्काइन् खु*कुरीले

  • जनता लाइभ
  • साउन ३०, २०७६

पटक–पटक ब*लात्कारको शि*कार, अति भएपछि छ*प्काइन् खु*कुरीले

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा ब*लात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई ब*लात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन् । घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक ब*लात्कार गर्दै आएको खुलेको छ । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै ब*लात्कार गर्ने गरेको पीडितले बालिकाको भनाइ छ ।

गुरुङले ब*लात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याई दिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । ‘जहिले पनि मार्छु भन्दै धम्क्याएर जबरजस्ती गथ्र्यो’, बालिकाले भनिन् । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उनको भनाइ छ ।

‘अति भएपछि भाउजूलाई भनें त्यसपछि सबैलाई थाहा भयो’, बालिकाले भनिन् । बालिकाले नातामा भाउजू पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए । पीडकले बालिकालाई घरको कोठा, खेतबारी जहाँ भेटे पनि यौन ब*लात्कार गर्ने गरेको बालिकाले जानकारी दिइन् ।

पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै ब*लात्कार गर्न शुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको स्थानीय सुजन भण्डारीले बताए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काई दिएँ ।’ पटक–पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ ।

गुरुङले बालिकाका साथीसँग पनि यौन सम्पर्क राख्नका लागि मिलाई दिन भन्ने गरेको बालिकाले खुलासा गरिन् । ‘गाउँका साथीहरुको नाम लिँदै उनीहरुसँग पनि यस्तै गर्न मिलाइ देन भन्थ्यो’, बालिका भन्छिन् ।

आरोपित गुरुङले भने बालिकालाई मुख थुनेर लडाएको तर ब*लात्कार नगरेको भन्दै आएको प्रहरीको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट

Loading...
Loading...
Loading...