पक्राउको डरले बस्तीभरी ताला – Janata Live
  • Monday, March 20, 2023

पक्राउको डरले बस्तीभरी ताला

  • जनता लाइभ
  • साउन ३०, २०७६

पक्राउको डरले बस्तीभरी ताला

नवलपरासी । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँस परालले हाल्ने केही छैन । बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ । यस्तो दृष्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एक सयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् ।

हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...