कतारमा नेपालीहरूमाथि आक्रमण, भिडभाड हुने ठाउँमा नजान राजदूतावासद्वारा आग्रह – Janata Live
  • Wednesday, March 22, 2023

कतारमा नेपालीहरूमाथि आक्रमण, भिडभाड हुने ठाउँमा नजान राजदूतावासद्वारा आग्रह

  • जनता लाइभ
  • साउन २९, २०७६

कतारमा नेपालीहरूमाथि आक्रमण, भिडभाड हुने ठाउँमा नजान राजदूतावासद्वारा आग्रह

काठमाडौं । कतारमा नेपालीहरूमाथि आक्रमणभएपछि भिडभाड हुने ठाउँमा नजान राजदूतावासद्वारा आग्रह गरिएको छ । मंगलबार कतारमा भएको सांघातिक आक्रमणमा परेर एक जना नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा मंगलबार साँझ भएको सांघातिक आक्रमणमा परेर सुनसरी जिल्ला घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ ।

आक्रमणमा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको छ । इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ । घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मियाँ र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएका छन् ।

घाइतेहरू सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । मृतक र घाइतेहरूको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ ।

घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ । यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

Loading...
Loading...
Loading...