१३ लाख ६० हजारमा बिक्यो एउटा बाख्रो !

काठमाडौं। १७१ किलो तौलको एक बाख्रो १३ लाख ६० हजारमा बिक्री भएको छ । यो बाख्रोलाई पुनाको मास गोएट कम्पनीले किनेको छ । भारतको भोपालका आसिफले यो बाख्रो पालेका थिए ।
आसिफका अनुसार भारतमा अहिलेसम्म १३० किलो तौलम्मका बाख्राको बारेमा सुनिएको छ । तर, उनले जुन बाख्रो तयार गरेका छन् यको तौल १७१ किलो छ त्यसैले यसलाई किंग अफ इण्डिया २०१९ नाम दिइएको छ । तौलका कारण लिम्का बुक अफ रेकर्डसमा दर्ता गर्नको लागि प्रस्ताव पनि गरिएको छ ।
मुस्लिम संस्कृतिअनुसार बकरीदमा कुर्बानी दिनु शबाब मानिन्छ । यही कारण अहिले बाख्राको मूल्यमा वृद्धि भएको छ । बेलायती, देसी, तोतापरी, अजमेरी, बाबरी र बैभन्दा खास दुंबा सरिखे जातका बाख्रा बिक्री भइरहेका छन् । यी बाख्राहरुको मूल्य हजारदेखि लाखसम्म छन् । आसिफका अनुसार उनी विगत १० वर्षदेखि बाख्रा पालिरहेका छन् ।
यसपटक साढे ८ लाख भारु ९१३ लाख ६० हजार नेपाली रुपैयाँमा० बेचेको बाख्रा पनि उनले भोपालमै डेढ वर्ष पहिले किनेका थिए । त्यतिबेला यो बाख्राको तौल करिब ८० किलो थियो । आसिफले यो बाख्रालाई हरेक दिन २ देखि ३ किलो चना र मकै तथा २ लिटर दूध खुवाउँथे । यसका अलावा जडिबुटी पनि खुवाउँथे ।
गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ
बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...