एक वर्षमै साढे ३४ अर्बको सुन आयात

काठमाडौं । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुन मात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ ।
अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् । भन्सार विभागका अनुसार आव ०७५–७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ ।
विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकोले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । यो समाचार नागरिक दैनिकले छापेको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...