श्रीकृष्णका सोह्र हजार पत्नीको रहस्य के हो ? – Janata Live
  • Sunday, April 2, 2023

श्रीकृष्णका सोह्र हजार पत्नीको रहस्य के हो ?

  • जनता लाइभ
  • साउन २८, २०७६

श्रीकृष्णका सोह्र हजार पत्नीको रहस्य के हो ?

काठमाडौं – भाद्र कृष्ण अष्टमीलाई श्रीकृष्ण जन्माष्टमी भनेर चिनिन्छ किनकि यो दिन भगवान् श्रीकृष्णको जन्मदिन पर्छ।

पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले भगवान् श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारका बारेमा अवगत गराए । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गर्नुभयो।

मुर दैत्यको वध भएको खबर पाएपछि भौमासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो। भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले भगवानले सत्यभामालाई सारथी बनाउनुभयो र घोर युद्धपछि अन्त्यमा उहाँले सत्यभामाको सहयोगमा उसको वध गरिदिनुभयो।

यसरी भौमासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाउनुभयो। भौमासुरले अपहरण गरेर राखेका १६ हजार कन्यालाई उहाँले मुक्त गरिदिनुभयो। ती अपहृत नारीहरूलाई तत्कालीन समाजले स्वीकार नगर्ने भएकाले श्रीकृष्णले उनीहरूलाई पत्नीरूपमा स्वीकार गर्नुभयो। यसरी उहाँका आठ पटरानीका अलावा १६ हजार पत्नी भए।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...