चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने – Janata Live
  • Wednesday, March 22, 2023

चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

  • जनता लाइभ
  • साउन २८, २०७६

चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

काठमाडौं । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् ।

मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्षेनी ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ ।

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्ने बाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके अत्यधिक सस्तो हुनेछ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...