सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र, तीन दर्जनमाथि कारवाही

काठमाडौं । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ ।
उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि कारवाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।
छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा कीर्ते कागजात बनाएको फेला पारेको हो ।
नक्कली प्रमाणपत्र पेस गरेका अधिकारीहरुलाई सुरुमा स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिइने र त्यसो नगरे सेवाबाट बर्खास्त गर्दै जेल चलान गर्नेसम्मको तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ । यो समाचार नागरिक दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...