तिब्बतीलाई छोरी बनाएर नागरिकता दिने पक्राउ – Janata Live
  • Monday, March 20, 2023

तिब्बतीलाई छोरी बनाएर नागरिकता दिने पक्राउ

  • जनता लाइभ
  • साउन २७, २०७६

तिब्बतीलाई छोरी बनाएर नागरिकता दिने पक्राउ

कास्की। झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन्।

तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापासहित नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासले जनाएको छ।

छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई दिदीवहिनी पनि छन्। यो समाचार कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...